

फ्राईडे रिलिज अन्तर्गत आजबाट दुई नयाँ फिल्म ‘सारथि’ र ‘ककाकिकी प्रदर्शनमा आएका छन् । प्रदर्शनरत फिल्म ‘बाटुलो जुन’, ‘कबड्डी ५’, रावायण लगायतका कारण यी दुई फिल्मले उच्च शो भने प्राप्त गर्न सकेनन् । यो सँगै आजैबाट बलिउड फिल्म ‘गन मास्टर जी ९’ समेत प्रदर्शनमा आएको छ । तसर्थ आज प्रदर्शनमा आएका दुई फिल्मलाई आफ्नो वर्चस्व कायम राख्न माउथ पब्लिसिटी आवश्यक देखिन्छ ।
कुमार गजुरेल निर्देशित ‘सारथि’मा लामो समयपछि ‘दर्पण छाया’ जोडी निरुता सिंह र उत्तम प्रधान अभिनयमा देखिएका छन् । म्याग्दीको सुन्दर तर विकट गुर्जा गाउँको परिवेश र त्यहाँको जीवन कथालाई समेटेर निर्माण भएको ‘सारथि’ले स्थानीय जनजीवन, मानवीय संवेदना र सम्बन्धका भावनात्मक पक्षलाई पर्दामा उतारेको बताइन्छ ।फिल्ममा निरुता र उत्तमको अलावा गायत्री जोशी, गिरी विश्वकर्मा, मुकुन्द श्रेष्ठ, राजेन्द्र केसी, सम्रान्त थापा, कल्पना थापा, मदन थापा, अनिता कुइँकेल, कमला अर्याललगायतको अभिनय छ ।किम्भे प्रोडक्सन र धिरज फिल्म इन्फिनिटीको ब्यानरमा निर्माण भएको फिल्मका निर्माता रदिप श्रेष्ठ र प्रदीप रायमाझी हुन् ।
बिक्की अग्रवाल र श्रद्धा प्रसाईँको निर्देशन रहेको फिल्म ‘ककाकिकी’ मा तृप्ति नाडकर, गौरी मल्ल, रेखा थापा, महेश त्रिपाठी, शिशिर वाङ्देल, दिया मास्के, मनोज गजुरेल, प्रकाश घिमिरे, माओत्से गुरुङ, सुवास गजुरेल, रेअर राई, खड्गबहादुर पुन मगर (खबपु), पवन खतिवडा (म्याकुरी), मुकुन्द मैनाली, रामबाबु रेग्मी, सिडी विजय अधिकारी, सरोज भण्डारी, सुजना श्रेष्ठ, विश्वास तिमल्सिना (बीटी कान्छा), एलिसा भोग, सुवर्ण थापा र कमल देवकोटालगायत कलाकारको अभिनय छ।कमेडी कथामा निर्माण भएको फिल्मको श्रद्धा प्रसाईँ र सुमित्रा थापा निर्माता हुन् । फिल्म बिक्की अग्रवाल, विकास अर्याल र सरोज भण्डारीले गरेका हुन् ।
















