The Cinemax Hub

सुन्दर खनालले ल्याउँदैछन् छुट्टै शो कमेडी बाज, टिजर सार्वजनिक

Facebook
Twitter
WhatsApp

 कमेडी दरबारको पर्दामा देखिएर चर्चामा आएका कमेडियन सुन्दर खनालले आफ्नो छुट्टै हास्य शो लिएर आउँने भएका छन् । उनले एक टिजर सार्वजनिक गर्दै शोबारे छोटो जानकारी दिएका हुन् । खनालको शोको नाम ‘कमेडी बाज’ रहेको छ । शोको सार्वजनिक टिजरमा एक्सनलाई विशेष प्राथमिकता दिइएको देखिन्छ । तर शोको फर्मेटबारे भने जानकारी गराइएको छैन ।
बुझिए अनुसार कमेडी बाज रोस्टिङ शो हुनेछ । बिभिन्न क्षेत्रका पाहुनाहरुलाई निमन्त्रणा गरिन्छ र कमेडी प्रस्तुत गरिन्छ । शोबारे सुन्दर भन्छन्, शोको मूल अवधारणा ‘ब्याटल’ फर्म्याटमा आधारित छ । अहिलेका लागी यत्ति भनौं बाँकी पुरा एपिसोडमा हामीले अवश्य देखाउनेनै छौं । सुन्दरका अनुसार शो ईमेल टेलिभिजन र सुन्दर खनाल युट्युवमार्फत सार्वजनिक गरिनेछ ।
टिजरमा शोका होस्टहरू सुन्दर खनाल र आरती थापालाई औपचारिक रूपमा सार्वजनिक गरिएको छ। साथै अन्य कमेडियनहरु पवन खतिवडा (म्याकुरी), विश्वास तिमल्सिना (बिटी कान्छा), सरोज भण्डारी, सीता न्यौपाने, शुसान्त बस्याल, आशिष न्यौपाने, निश्चल अर्याल लगायतका कलाकारहरु पनि हुनेछन् । शो यहि वैशाखको  दोस्रो सातादेखी प्रसारण हुने भनिएको छ । 

कमेडी बाजमा देखिएका अधिकांश कमेडियनहरु कमेडी दरबारमा आबद्ध छन् । यसबारे भने उनीहरुले दुबै शोमा देखिने प्रष्ट पारेका छन् ।

Kumar Acharya

/ सम्बन्धित समाचार /