The Cinemax Hub

पूजा शर्मापछि ‘मन विनाको धन २’मा महेश त्रिपाठीको इन्ट्री

Facebook
Twitter
WhatsApp

टंक वुढाथोकीको निर्देशनमा बन्न लागेको फिल्म ‘मन विनाको धन २’मा नायक महेश त्रिपाठी अनुवन्धित भएका छन् । टंकले महेशसँग कागजी संझौता गरिसकेका छन् ।
महेशको भूमिका फिल्ममा के हो भन्ने खुलेको छैन । तर, एउटा पारिवारिक र सामाजिक कथामा फिल्म बनाउने तयारी टंकको छ ।
यसअघि यो फिल्ममा नायिका पूजा शर्मा अनुवन्धित भइसकेकी छिन् । फिल्ममा पूजा र महेशको जोडी बाधिने हो या होइन भन्ने बिषयमा निर्माणपक्षले केही पनि बोलेको छैन ।
फिल्ममा पटकथा तथा संवाद शिवम् अधिकारीको रहनेछ । अहिले, शिवम्ले धमाधम यो फिल्मको कथा लेखिरहेका छन् । फिल्ममा कथा र संगीत पनि टंककै रहनेछ ।
टंकले फिल्मको सबै पात्रमा नाम चलेका र दर्शकले रुचाएका कलाकारलाई अनुवन्धित गर्ने योजना रहेको सुनाए । टंक वुढाथोकी फिल्मस्को व्यानरमा यो फिल्म बन्न लागेको हो ।
यो फिल्मलाई विष्णु माया मैनालीले निर्माण गर्नेछिन् ।

Kumar Acharya

/ सम्बन्धित समाचार /