The Cinemax Hub

शिव परियारको एकल स्वर तथा संगीतमा तयार भएको गीति एल्बम “तिमी र म” विमोचन

Facebook
Twitter
WhatsApp

काठमाडौंमा एक कार्यक्रम आयोजना गरि लोकप्रीय गायक तथा संगीतकार शिव परियारको एकल स्वर तथा संगीतमा तयार भएको गीति एल्बम “तिमी र म” विमोचन गरिएको छ । गीति एल्बम “तिमी र म” कवि तथा गीतकार सागर फुयालको एकल शब्द संग्रहित एल्बम हो ।

नेपाल स्रस्टा समाजका अध्यक्ष ओम श्रेष्ठ “रोदन”, रचना द्विमासिकका सम्पादक प्रतीक घिमिरे संगै उक्त सांगीतिक संग्रह बिमोचनको कार्यक्रम शब्दाङ्कुर मासिकका प्रधान सम्पादक धीर कुमार श्रेष्ठ, उक्त गीतका गायक ,सङ्गीतकार शिव परियार, गीतकार सागर फुयाल, अभिनेत्री मिरुना मगर, अभिनेता अनुप बिक्रम शाहीले संयुक्त रूपमा “तिमी र म” विमोचन गर्नुभएको थियो । यस एल्बममा ६ ओटा गीतहरु समावेश भएको छ । समावेश गीतको बोलहरु “तिमी हौ सबथोक मेरो”, तिमी र म अनि शीतल धुन,मेरो ज्यान भन्छ्यौ भने,हाम्रो माया एक नदीको दुई किनार,जिउन मन छैन अधर तिम्रो नहेरी र तिमी फूल हौ सुगन्ध छर्नु पर्छ तिमीले”ले जस्ता गीतहरु समावेश छ ।

बिमोचन कार्यक्रममा उक्त सांगीतिक संग्रहमा समावेश गरिएको “तिमी हौ सबथोक मेरो”बोलको गीतको भिडियो सार्वजनिक गरिएको थियो |यस भिडियोमा अभिनेता अनुप बिक्रम शाही र अभिनेत्री मिरुना मगरको अभिनय रहेको छ । भिडियोलाई अहिलेका चर्चित म्युजिक भिडियो निर्देशक निकेश खड्काले निर्देशन गरेका हुन् भने अहिलेका बेस्त छायाँकार हरि हुमागाईंले छायाँकन गरेका छन्।

Cinemax Hub

/ सम्बन्धित समाचार /