The Cinemax Hub

‘नरसिंहाः अवतार’को ‘तिम्रो मात्र हुने मन छ’मा राज र सनिशा

Facebook
Twitter
WhatsApp

काठमाडौं : सिनेमा ‘नरसिंहाः अवतार’मा समावेश तेस्रो गीत रिलिज भएको छ। बुधबार निर्माण पक्षले सिनेमा समावेश गीत ‘तिम्रो मात्र हुने मन छ’ रिलिज गरेको हो।

गीतमा अर्जुन पोखरेलको शब्द तथा संगीत, सैराज खाती र मनीषा सुनवारको स्वर छ।
शुक्रबारदेखि रिलिजमा आउन लागेको यो सिनेमाका मुख्य कलाकार राज कटुवाल र सनिशा भट्टराईलाई रोमान्टिक अवतारमा नाचेका छन्। उनीहरुलाई माइकल चन्दले कोरियोग्राफी गरेका हुन् भने डिओपीको काम राजु थापाको छ।

सिनेमा राजेश हमाल, नीति शाह,राज कटुवाल, सनिशा भट्टराई, नीर शाह, अर्जुन श्रेष्ठ, उषा खड्गी,रमेश चन्द सोडारी, आशा पौडेल, प्रशान्त ताम्राकार, राजिभ जंग बस्नेत, प्रकाश जंग कुँवर, प्रभु श्रेष्ठ, अमित गिरी, टार्जन लगायतका कलाकारहरूले अभिनय गरेका छन्। नेम महर्जन, दीपक शर्मा ढकाल, नरेन्द्र महर्जन, ध्रुव न्यौपानेको लगानी गरेका छन्।

दिवाकर भट्टराईको लेखन तथा निर्देशनमा तयार भएको फयो सिनेमामा साहिल खान र मिलन श्रेष्ठको सम्पादन,चन्द्र पन्तको कथा, राजु तामाङको एक्सन छ। यो सिनेमालाई प्रेम, विछोड,सस्पेन्स र बदलाको कथामा निर्माण गरिएको छ।

thecinemaxhub

/ सम्बन्धित समाचार /