The Cinemax Hub

युटुबमा रुचाईयो गरिमा र सौगातको ‘जन्ते बाख्रो’ ट्रेलर

Facebook
Twitter
WhatsApp

काठमाडौं : दर्शकले युटुबमा रुचाईयो गरिमा र सौगातको ‘जन्ते बाख्रो’को ट्रेलर रुचाइएको छ। दर्शकले युटबुमा अपलोड भएको छोटो समयमा नै यस फिल्मको ट्रेलरलाई रुचाएका छन्। ९ हजार हाराहारी दर्शकलके युटुबमा लाइक गरेका छन् भने ३ सय भन्दा बढि कमेन्ट गरिएको छ। जसमा अधिकांशले कलाकारको प्रशंसाा गरेका छन्। यो ट्रेलर २ दिन अघि रिलिज गरिएको थियो।

सन्तोष गौतमको लगानी रहेको सिनेमा ‘जन्ते बाख्रो’ ट्रेलर सोमबार राजधानीमा आयोजित एक कार्यक्रमका बीच सार्वजनिक ३ मिनेट ५२ सकेण्ड लामो ट्रेलरमा लभस्टोरी र कमेडीमा समिश्रण हेर्न सकिन्छ ।

सिमोस सुनुवारको निर्देशनमा निर्माण भएको सिनेमा नेपाली समाजमा दुलही भित्र्याउने दिन खुवाइने भोजलाई जन्ते बाख्रो भन्ने गरिन्छ । सोही कथामा सिनेमा निर्माण भएको ट्रेलरबाट बुझ्न सकिन्छ। आगामी जेठ २३ गतेबाट यो सिनेमा नेपालसहित विदेशमा समेत एकसाथ प्रदर्शनमा आउने तयारीमा छ ।

मुईन इन्टरटेनमेन्टको प्रस्तुति रहने ‘जन्ते बाख्रो’ सामाजिक कमेडी कथावस्तुमा निर्माण भएको छ । प्रदीप भारद्धाजको कथा, पटकथा र संवाद लेखन रहेको छ । सिनेमामा सौगात मल्ल, गरिमा शर्मा, आशिफ शाह, रमा थपलिया, लोकेन्द्र लेखक, कमल देवकोटा, विशाल पहाडी, रुशा न्यौपाने, कुसुम शर्मा, स्नेहा जोशी, समापिका गौतम, कुशल गजमेर लगायतका कलाकारको अभिनय छ ।

आगामी जेठ २३ गतेबाट नेपाल विदेशमा एकसाथ रिलिज गरिने सिनेमामा हरि हुँमागाईको डिओपी, उत्तम हुँमागाईको सिनेमाटोग्राफी, सुनिल शिवभक्तिको सम्पादन र रोयल भिमसेन (ट्राइडेन्ट कन्सेप्ट टिम) को पोस्टर डिजाइन रहेको छ । टिफल्क फिल्मस्ले वितरण गर्ने सिनेमाको डिजिटल राइट्स जी टु वान डिजिटलले खरिद गरेको छ ।

thecinemaxhub

/ सम्बन्धित समाचार /