The Cinemax Hub

‘जनै हराएको मान्छे : सम्बन्धका धागाहरू’ले विजयलाई भन्यो– एपिक नेचुरल स्टार

Facebook
Twitter
WhatsApp

काठमाडौं : विजय बराल अभिनित सिनेमा ‘जनै हराएको बाहुन : सम्बन्धका धागाहरू’को नाम परिवर्तन भएको छ। अब यो सिनेमाको नाम ‘जनै हराएको मान्छे : सम्बन्धका धागाहरू’ रहने भएको छ।

हिन्दु धर्मसँग सम्बन्धित केही व्यक्ति तथा संस्थाले नाममा चासो देखाएपछि विवादमा फस्न नचाहेकाले बाहुनको ठाउँमा मान्छे राखिएको निर्माणपक्षले जनाएको छ। भदौ ६ गते रिलिज हुने यस सिनेमाको नाम परिवर्तन गर्दै निर्माणपक्षले मुख्य पात्रको क्यारेक्टर पोस्टर पनि सार्वजनिक गरेको हो। पोस्टरमा मुख्य पात्र विजय बराल छन्।

रातो सटमा दुईवटा झोला बोकेर घरबाट निस्किन लागेको जस्तो देखिन्छ। आमाले रातो टीका लगाइदिएर घरबाट निस्किने बेलामा आर्शिवाद दिएको जस्तो देखिएको छ । पोस्टरको कलरले बिहानको समय रहेको संकेत गरेको छ। उनको निन्यनउरो अनुहारले घरपरिवार र आफन्तसँग छुट्नुपर्दाको पीडा देखाउँछ। पोस्टरले गाउँको व्यक्तिले गाउँ छोडेर सहर पुगेर गरेको संघर्ष बताउने संकेत गरेको छ।

निर्माणपक्षले विजयलाई एउटा ट्याग दिएको छ। विजयलाई निर्माणपक्षले ‘एपिक नेचुरल स्टार’को ट्याग दिएको हो। छायांकन सकिएको यो सिनेमा अहिले पोस्टप्रोडक्सनको टेबुलमा छ।

यो सिनेमाको छायांकन काठमाडौं, ललितपुर, भक्तपुर र काभ्रेमा गरिएको थियो। हिमाल न्यौपानेको निर्देशनमा बनेको यो सिनेमाले आमा र छोराबीचको भावनात्मक कथा भन्ने बुझिएको छ। यस सिनेमाको असोसियट निर्देशकमा ‘प्रेमगीत ३’ अभिनेता मनिष राउत छन्।
बलियो लाइनअप देखिएको सिनेमामा अभिनेता विजय बरालसँगै अभिनेत्री केकी अधिका, अभिनेत्री मिरुना मगर, गौरव पहाडी, सुशांक मैनाली र भोलाराज सापकोटाको मुख्य भूमिका छ। अन्य कलाकारमा रियर राई, भावना खपांगी मगर, रुपेश लामा, सुमन थापा लगायतको पनि अभिनय रहेको छ।

पेपरक्लिपको ब्यानरमा निर्माण भएको सिनेमाका निर्माता कमल न्यौपाने र विमल न्यौपाने हुन् । सह–निर्मातामा आरके मानन्धर, रुपेश लामा, सिआर बस्नेत, नारायण तिमिसिना र चुडामणि सिवाकोटी रहेका छन् ।

थानेश्वर गौतम, अर्जुन पोखरेल, एसडी योगी र प्रसान्त सिवाकोटीको संगीत रहेको सिनेमामा नवीन गुरुङ डीओपी र कृष्ण परियारको सिनेमेटोग्राफी रहेको छ। यस सिनेमाको कथा, पटकथा र संवाद भानुभक्त ढकालले लेखेका हुन्। दिनेश बहादुर राउत मुख्य सहायक निर्देशक रहेको सिनेमामा तर्कराज न्यौपाने, रविन्द्र नेपाल, मोनिका थापा र आकाश के।सी सहायक निर्देशक रहेका छन्। सिनेमाका निर्माण नियन्त्रक लक्ष्मण राज पौडेल हुन्।

गोविन्द शाहीको काफिया फिल्मस्ले वितरणको जिम्मा लिएको यो सिनेमा आगामी भदौ ६ गतेबाट प्रदर्शनमा आएको हो। अल टाइम ब्लक बस्टर सिनेमा ‘पूर्णबहादुरको सारंगी’ पछि विजय बरालको मुख्य भूमिकामा आउन लागेको यस वर्षको यो पहिलो सिनेमो हो।

thecinemaxhub

/ सम्बन्धित समाचार /