

काठमाडौं : सिनेमा ‘यो मन त मेरो नेपाली हो’ को टिजर सार्वजनिक भएको छ। सिनेमाको सार्वजनिक टिजर नेपाली भाषा, साहित्य, कला, यसको ईतिहास, महत्व र नेपाली भाषाको गौरवसंगै नेपालीको हुन् भन्ने विषयबस्तुलाई उठान गर्न खोजिएको छ।
आगामी असार २७ गतेबाट प्रदर्शनमा आउन लागेको यस सिनेमामा रोशन श्रेष्ठ, विजय बराल ,विल्सन विक्रम राई, बुद्धि तामाङ ‘हैट’, आयुषा समाल, नारायण खाती,भुपेन्द्र लिङ्देन ‘मन्त्री’,सुबास भन्डारी,बिजय सुब्बा,बिजिता परियार , देवराज राजबन्शी,भानुभक्त सिटौला लगायतको अभिनय रहेको छ।
पद्यमा इश्वर इन्टरटेन्मेन्ट प्रालिको प्रस्तुतिमा मित्र प्रधान प्रस्तुतकर्ता रहेको यस सिनेमामा ज्ञान बहादुर प्रधान (रोशन)ले निर्माण गरेका हुन्।

अमेरीकामा रहेका साहित्यकार मित्र प्रधान (नर)को निर्देशन रहेको यस सिनेमामा शिवम् अधिकारीको लेखन रहेको छ।सौरभ लामाको छायांकन ,देव महर्जन द्वन्द्व ,समिर मियाको भिएफएक्स ,कविराज गहतराज र प्रमोद भण्डारीको कोरियोग्राफी,सम्पादक बनिश शाह तथा सिजिआई सत्यम राना रहेको छ।
दिपक शर्मा, विकास चौधरी र थोरम्पो ह्यङ राईको सिनेमामा संगीत रहेको छ भने दिपक शर्मा,विल्सन विक्रम राई,शंकर अधिकारी घायलको शब्द तथा खैजडी गीतमा अनिश अधिकारीको शब्द संकलन रहेको छ।
सिनेमाको छायांकन झापा,इलाम साथै भारतको सिकिम,दार्जीलिङ,जयगाउँ पश्चिम् बङ्गाल र अमेरिकामा गरिएको थियो। भारत ,मलेसिया ,पोल्याण्ड ,अस्टिया ,बेल्जियम ,साउथ अफ्रीका र अमेरिकी कलाकारहरुको समेत यस सिनेमामा अभिनय रहेको छ ।














