The Cinemax Hub

‘बलिदान’मा सौगात मल्लको सशक्त अवतार,दसैंमा प्रदर्शनमा

Facebook
Twitter
WhatsApp

काठमाडौं : आगामी दसैंको फुलपातीमा प्रदर्शनमा आउन लागेको सिनेमा ‘बलिदान’ को लागि अभिनेता सौगात मल्लको लुक्स सार्वजनिक भएको छ। यस सिनेमाका दुइटा वटा पोस्टरमा अभिनेता मल्ल एक सशक्त र रहस्यमय अवतारमा देखिएका छन्।

एक पोस्टरमा मल्लको एउटा आँखा कालो रङको छ। उनले लामो दाह्री, केश र गाढा रङको वस्त्र धारण गरेका छन्। उनको हातमा एउटा बलिरहेको राँको देखिन्छ। पृष्ठभूमिमा अन्य मानिसहरूको समूह र आगोको ज्वालाहरू पनि देख्न सकिन्छ, जसले चलचित्रको कथावस्तु द्वन्द्वात्मक प्रकृतिको रहेको जानकारी दिन्छ। अर्को पोस्टरमा अभिनेता मल्लले हातमा हतियार बोकेर लडाइको परिवेशमा देखिएका छन्।
निर्देशक सन्तोष सेनका अनुसार, ‘बलिदान’मा अभिनेता मल्लको बिल्कुलै फरक अवतार रहेको छ, जसको लागि उनले अधिक मेहनत गरेका छन् ।

सौगात मल्ल नेपाली सिनेमा क्षेत्रमा आफ्नो अभिनय कलाका लागि परिचित छन् र उनका हरेक नयाँ भूमिकालाई दर्शकले निकै चासोका साथ हेर्ने गर्छन्।सिनेमा उनको यो फरक र शक्तिशाली गेटअपले दर्शकहरूलाई सिनेमा घरसम्म तान्न सफल हुने अपेक्षा गरिएको छ। सिनेमालाई चाडपर्वको माहोलमा दर्शकहरूका लागि एउटा उत्कृष्ट मनोरञ्जनको खुराकको रूपमा हेरिएको छ।

यसअघि यस सिनेमाका प्रमुख अभिनेता समीर भट्टको जन्मदिनको अवसर पारेर प्रि(टिजर सार्वजनिक गरिएको थियो । जहाँ समीर देशभक्तिपूर्ण भावनाले ओतप्रोत संवाद र दमदार एक्सन दृश्यसहित देखिएका थिए। सो प्रि(टिजर नेपालसहित नेपालीहरूको बसोबास रहेका दर्जन बढी देशहरूमा युट्युब ट्रेन्डिङमा आएको थियो।

आसुसेन फिल्म्स् प्रा.लि.को प्रस्तुति रहेको यस सिनेमामा समीर भट्ट, सौगात मल्लसँगै अर्पण थापा, ऋचा शर्मा, कविता राय, हेमन्त बुढाथोकी, प्रेम पुरीलगायत कलाकारको अभिनय रहेको छ। पवन ब्राडफोर्ड बिस्ट निर्माता तथा प्रेम पुरी कार्यकारी निर्माता रहेका छन्।

thecinemaxhub

/ सम्बन्धित समाचार /