

काठमाडौं :
चर्चित साङ्गीतिक जोडी महेश काफ्ले र अस्मिता अधिकारीको ‘सोलफुल यु.एस.ए म्युजिकल यात्रा’ सफलतापूर्वक सम्पन्न भएको छ। यो जोडीले अमेरिकाको १५ भन्दा बढी शहरमा विभिन्न साङ्गीतिक कार्यक्रममा प्रस्तुति दिएका थिए।
यस म्युजिकल यात्रालाई थ्री ई इन्टरटेन्मेन्टले फिचर्ड गर्दै आयोजना गरेको थियो। करिब साढे २ महिनासम्म यात्रा भर्जिनिया, टेक्सस, फ्लोरिडा, नर्थ क्यारोलाइना, पेन्सिलभेनिया, मेरिल्यान्ड लगायतका राज्यमा सम्पन्न भएको थियो।

भर्जिनियाको एसबर्नमा आयोजित दसैं–तिहार फेस्टिभल र टेक्ससको ड्यालसमा आयोजित म:म फेस्टिभलमा महेश–अस्मिताको जोडीलाई हेर्न १५००० भन्दा बढी दर्शक उपस्थित भएका थिए। आयोजक 3 E Entertainment का सुरेश सापकोटाले जानकारी दिए। उनले भने, “सोलफुल यु.एस.ए म्युजिकल यात्रा सफलतापूर्वक सम्पन्न भएको छ र दर्शकहरूले महेश र अस्मिताको जोडी निकै रुचाएका छन्।”
महेश र अस्मिताले बताए अनुसार, परदेशमा रहनु भएका नेपालीसँग तिज, दशैं, तिहार जस्ता महत्त्वपूर्ण चाडहरू सँगै मनाउँदै प्रस्तुति दिन पाउनु रमाइलो अनुभव रह्यो।














