The Cinemax Hub

‘मुगलान’को ‘पिन्टु पियारी’ नाचे प्रभात र स्मारिका छमछमी

Facebook
Twitter
WhatsApp

काठमाडौं :

रिहान प्रोडक्सनको ब्यानरमा बनेको ‘फिल्म ‘मुगलान’ गीत रिलिज भएको छ। निर्माण टिमले सोमबार फिल्ममा समावेश गीत ‘पिन्टु पियारी’ रिलिज गरेको हो।
डान्सिङ गीतमा फिल्मका मुख्य कलाकार प्रभात पाल र स्मारिका ढकालले छमछमी नाचेका छन्। उनीहरुको नाचलाई दर्शकले पनि रुचाएका छन्। युना डिजिटल युटुब च्यानलमार्फत रिलिज भएको यो गीतको भिडियोलाई दर्शकले माया पाइरहेको छ।

गीतमा गायक हरि गिरी (बिमर्शी) र शान्तीश्री परियारले गाएका छन्। गीतलाई संगीत र शब्द रचना पनि हरिले नै गरेका छन्। त्यसै गरि गीतको एरेन्ज,मास्टरिङ तथा मिक्सिङ एचबिएन किस्मतले गरेका छन् भने यो गीतको रेकर्डिङ राज खड्काले गरेका छन्।

फिल्ममा अभिनेता प्रभात पाल र अभिनेत्री स्मारिका ढकालका अलवा श्री शिवांशु, दिनेश डीसी, मोती सुबेदी, रामचन्द्र अधिकारी, ख।ब।पु।, राजु राज सोनी, रश्मी भट्ट, जीवन गौतम र सबिन बास्तोला लगायतका कलाकारको अभिनय रहेको छ।
आशिष ढकालको लेखन तथा निर्देशनमा निर्माण भएको यो फिल्मका निर्माता गोमन सिंह रहेका छन्। यो फिल्मको को–प्रोड्युसरमा रिता चौधरीले लगानी गरेकी छन्। तारा थापा ‘किम्भे’को सम्पादन,जय बिष्ट र राम गुरुको द्धन्द्ध निर्देशन रहेको यो फिल्ममा बिजिएम रिदम कँडेलको छ। फिल्ममा कोरियोग्राफर देबेन्द्र कुँवरको छ भने डिओपी अजय रेग्मीको छ।
फिल्ममा संगीत किरण भुषालले दिएका छन् भने गायनमा शान्तीश्री परियार,प्रताप दास, बेनिशा पौडेल,हरि गिरी ९विमर्शी० लगायतको समावेश छन्। गीत रचनामा आशिष ढकाल,सिर्जना लम्साल,हरि गिरी (विमर्शी) रहेका छन्। आगामी पुष १० गतेबाट अल नेपाल प्रदर्शनमा आउन लागेको यो फिल्मलाई वितरण आर आर फिल्मस्ले गर्दैछ।

Cinemax Hub

/ सम्बन्धित समाचार /