The Cinemax Hub

अर्जुन घिमिरे (पाँडे)को निर्देशनमा बनेको फिल्म‘झरीपछिको इन्द्रिणी’को पोस्टर सार्वजनिक

Facebook
Twitter
WhatsApp

काठमाडौं । हास्य कलाकार अर्जुन घिमिरे (पाँडे) को डेव्यु निर्देशनमा निर्माण भएको सिनेमा ‘झरीपछिको इन्द्रिणी’को पोस्टर सार्वजनिक गरिएको छ । आइतबार सार्वजनिक सिनेमाको पोस्टरमा सिनेमाका सवैजसो मुख्य पात्रलाई क्यारेक्टर लुक्समा प्रस्तुत गरिएको छ ।

नागराज इन्टरटेन्मेन्ट प्रालिले निर्माण गरेको सिनेमाबाट अभिनेता गणेश उप्रेती लामो समयपछि कमव्याक गर्दैछन् । यो सिनेमा छायांकनका लागि उप्रेती अमेरिकाबाट नेपालम फर्किएका थिए । सिनेमामा गणेशसहित रमेश उप्रेती, प्रकाश घिमिरे, दीपाश्री निरौला, सरिता गिरी, देशभक्त खनाल, निर्मल शर्मा, कृष्ण शिवाकोटी, कृष्णभक्त महर्जन, अर्जुन घिमिरे (पाँडे), प्रियना आचार्य (मुन्नी), अंशु महर्जन, राजेन्द्र नेपाली, लक्षणा राईको अभिनय छ ।

यो सिनेमाबाट कलाकार विमोचन दवाडी र जेसिका पोखरेलले डेब्यू गर्दैछन् । बाल कलाकारमा दिप्सन चिलवालले पनि अभिनय गरेको निर्माण कम्पनीले जनाएको छ । सिनेमाको एक गीतमा मोडल अञ्जली अधिकारी र कोरियोग्राफर प्रदीप लामा पनि विशेष भूमिकामा देखिनेछन् ।

निर्देशक घिमिरे स्वयंको कथा रहेको सिनेमाको पटकथा र संवादमा गणेश कार्की, विशाल घिमिरेले मिलेर लेखेका हुन् । सिनेमाका छायांकार बुद्ध थापा हुन् । अनिशा सेन्दाङ लिम्बु निर्मात्री, अनु थापा, पंकज खड्का, सिर्जना खड्का, सुवास शर्मा र राम कार्कीको सह(निर्माता तथा लाइन प्रोड्युसरमा योगेश खतिवडा र विनोद कँडेल रहेको छन् ।

Kumar Acharya

/ सम्बन्धित समाचार /