The Cinemax Hub

हङकङ–मकाउ र पोर्चुगलका लागि ‘पीआर’को प्रदर्शन अधिकार बिक्री

Facebook
Twitter
WhatsApp

काठमाडौं । शोभित बस्नेत निर्देशित फिल्म ‘पीआर’ हङकङ–मकाउ र पोर्चुगलमा पनि प्रदर्शन हुने भएको छ। निर्माण पक्षले हङकङ र पोर्चुगलमा प्रदर्शन अधिकारी विक्री गरेको जानकारी दिएको छ।

निर्देशक बस्नेतका अनुसार हङकङमा प्रदर्शन अधिकार हिमालयस क्राफ्ट एचके लिमिटेडका निर्देशक आकाश बन्जाराले किनेका हुन्। त्यसै गरि पोर्चुगलका लागि कावासोती पोर्चुगल संघका प्रतिनिधि सुकदेव अधिकारी र महेश न्यौरेले प्रदर्शन अधिकार लिएका छन्। अब जापान,अष्ट्रेलिया,न्युजल्याण्डसँगै हङकङ र पोर्चुगलमा पनि पीआर प्रदर्शन हुने छ।

निर्देशक बस्नेतले भने,‘अहिले जापान,अष्ट्रेलिया,न्युजल्याण्डसँगै हङकङ र पोर्चुगलमा फिल्म ‘पीआर’मा सोल्ट आउट भइसकेको छ। अन्य देशमा पनि फिल्म प्रदर्शनका लागि कुराकानी भइरहेको छ।’फिल्मका प्रस्तुतकर्ता रञ्जित साह (आरएफएम फ्यासिलिटी म्यानेजमेन्ट) र सन्तोष तिवारी (क्यारियर्स गेटवे)का अनुसार पछिल्ला दिनमा विदेशबाट आएको माग निकै उच्च रहेको र यसले फिल्मको अन्तर्राष्ट्रिय आकर्षण बढेको छ। यहि मंसिर २६ गतेबाट प्रदर्शन आउन लागेको यो फिल्म एक महिनाअघि अष्ट्रेलियाकै विभिन्न स्थानमा विशेष शो गरेको थियो। उक्त शो हेरेका अधिकांश दर्शकले फिल्म राम्रो बनेको प्रतिक्रिया दिएका थिए।

फिल्ममा आरए सुरज पौडेल,विनिता कार्की, राजन कुँवर, पूजा चौधरी,आश्मा अधिकारी मस्तानी, विमला खत्री, गणेश बुढाथोकी, म्याक्स कृष्ण थापा र नवीन घायल प्रमुख भूमिकामा छन्। विशेष भूमिकामा नीर शाह, गौरी मल्ल, रविन्द्र खड्का,उत्तम केसी नेपाल, र दिक्पाल कार्कीलाई पनि देख्न सकिन्छ।
यस फिल्मको प्रस्तुति रञ्जित साह र सन्तोष तिवारीको छ भने लक्ष्मण सापकोटा र प्रदीप दाहालले लगानी गरेका छन्। बन्दे प्रसादको सम्पादन रहेको यस फिल्मको ट्रेलर पनि उनैले काटेका छन्। फिल्मको कथा गणेश बुढाथोकीले लेखेका हुन्।

फिल्मलाई दुई क्यामेरामेन सौरभ सायमी र सौरभ लामाले खिचेका हुन् भने फिल्मको कोरियोग्राफी रामजी लामिछानेले गरेका छन्। फिल्मका गीतमा मानस राजको संगीत,सनुप पौडेल र नीतु पुनको गायनलाई पनि सुन्न सकिन्छ। सलोन सलिना फिल्म्सको ब्यानरमा निर्माण भएको यो फिल्मको वितरण आर आर फिल्म्सले गर्दैछ

Kumar Acharya

/ सम्बन्धित समाचार /