The Cinemax Hub

तेस्रो राष्ट्रिय आदिवासी संगीत तथा चलचित्र अवार्ड–२०८२ सम्पन्न

Facebook
Twitter
WhatsApp

काठमाडौं । नेपालका आदिवासी जनजाति समुदायको भाषा, कला, संस्कृति, गीत–संगीत तथा चलचित्रको संरक्षण र प्रवर्द्धन गर्ने उद्देश्यले आयोजित ‘तेस्रो राष्ट्रिय आदिवासी संगीत तथा चलचित्र अवार्ड–२०८२’ चलचित्र विकास बोर्डको सहकार्यमा काठमाडौँको चावहिलस्थित बोर्डको मुख्य हलमा पुस १० गते भव्य रूपमा सम्पन्न भएको छ।

समारोहमा देश तथा विदेशमा क्रियाशील आदिवासी जनजाति समुदायका कलाकार, सर्जक तथा चलचित्रकर्मीहरूलाई ३४ विधामा अवार्ड तथा सम्मान प्रदान गरिएको थियो।

कार्यक्रमका प्रमुख अतिथि बोर्डका अध्यक्ष दिनेश डिसी रहनुभएको थियो भने विशिष्ट अतिथिका रूपमा कविता आले, धिरेन शाक्य तथा राजेन्द्र खड्कीको उपस्थिति रहेको थियो।

क्वालिटी फिल्मस् ले आयोजना गरेको अवार्ड समारोहको संयोजन उमेश गुरुङ र सनी लिम्बुले गर्नुभएको थियो । वरिष्ठ पत्रकार अनिल गुरुङ तथा अग्रज गायक एवं संगीतकार कृष्ण गुरुङलाई विशेष सम्मान प्रदान गरिएको छ।

Kumar Acharya

/ सम्बन्धित समाचार /