The Cinemax Hub

मुम्बईमा के गरेर नेपाल फर्किइन पारस निर्माणमा जुटेकी कृषा ?

Facebook
Twitter
WhatsApp

काठमाडौं । ‘ऐचो पैँचो’बाट निर्देशनमा हात हालेकी कृषा चौलागाइँ यतिबेला तेस्रो फिल्म ‘पारस’ निर्देशना जुटेकी छन्। एक्सन जनरामा निर्माण गर्ने भनिएको यो फिल्मको छायांकनमा जानुअघि भारतको उनी मुम्बई पुगेर नेपाल फर्किए छिन्। आगामी फागुनको पहिलो साताबाट छायांकनमा निस्किने तयारीमा रहेको यो फिल्मको निकै काम सकिसकेको छ। एक्सन जनराकै फिल्म निर्माणमा गर्न लागेकी निर्देशक कृषा मुम्बई पुगेर मुम्बईका फिल्ममेकरसँग भेटेर नेपाल फर्किएकी छन्। उनले त्यहाँ रहदा गर्दा के गरिन ?

त्यसको बारेमा उनले केहि जानकारी दिएकी छैनन्। उनको फेसबुक वालमा हेर्ने हो भने उनी फिल्म सुटिङ सेटमा समेत पुगेको देखिन्छ।त्यति मात्र होइन। उनले मुम्बईमा खिचेको एक तस्विर सार्वजनिक गर्दै ठुलो सपना बोकेर हिडेको उल्लेख गरेकी छन। उनी लेख्छिन्,‘“ठूलो सपना बोकेर निस्किएको मान्छे,पारस।’

उनको भनाईले उनी गत वर्ष प्रदर्शनमा आएको फिल्म ‘पिताम्बर’को कमि कमजोरी सुधार्दै पारसलाई नेपालकै गज्जब एक्सन फिल्म निर्माण गर्न लागेकी हुन्? या मुम्बईमा बसेर उनले फिल्मका प्राविधिक पक्षहरुसँग कुराकानी गर्दैछिन्रु यि प्रश्नहरुको जवाफ उनले नेपाल फर्किएपछि दिन्छिन् नै होला। त्यसका लागि भने केहि दिन प्रतिक्षा गर्नैपर्ने हुन्छ। फिल्म निर्माता हुँदै निर्देशक बनेकी कृषालाई पछिल्लो समय एक्सन निर्देशक रुपमा समेत परिचित छिन्।

Kumar Acharya

/ सम्बन्धित समाचार /