The Cinemax Hub

अष्ट्रेलियामा ‘गलबन्दी नाइट’शोको तयारी,समिक्षा,आमेश र सुवास खत्रीको प्रस्तुती रहने

Facebook
Twitter
WhatsApp

काठमाडौं । अष्ट्रेलियामा ‘गलबन्दी नाइट’सांगीतिक कार्यक्रम हुने भएको छ। यही जनवरी २३ तारिखबाट उक्त कार्यक्रमको आयोजना हुन लागेको हो।

उक्त कार्यक्रममा पछिल्लो समयकी चर्चित गायिका समिक्षा अधिकारी,आमेश भण्डारी र गायक–संगीतकार सुवास खत्रीको विशेष प्रस्तुति रहनेछ। त्यसका लागि समिक्षा अधिकारी,सुवास खत्री लगायतको टिम अष्ट्रेलिया जाने तयारीमा छन्। अभिनेता समेत रहेको भण्डारी भने उतै रहेका छन्। सुवास खत्री पछिल्लो समय चर्चामा रहेको गीत (शिरमा शिरबन्दी) बोलको गीतबाट चर्चामा रहेका छन।

यो कार्यक्रम स्टडी वाइज एजुकेसन कन्सल्टेन्सीको प्रस्तुतिमा नेभा बिजनेस सर्भिसेस प्रा।लि र पाल्पा इन्टरटेनमेन्टले आयोजना गर्न लागेको हो।

आयोजकका अनुसार कार्यक्रम ग्राण्ड प्यालेस फङ्सन,परामाटा रोड, अर्बनमा हुन लागेको हो। उक्त कार्यक्रममा साँझ ६ बजेपछि कार्यक्रम सुरु हुने आयोजकले जनाएको छ ।

आयोजकका अनुसार नेपाली मौलिक गीत–संगीत र सांस्कृतिक मनोरञ्जनलाई प्रवद्र्धन गर्ने उद्देश्यले कार्यक्रम आयोजना गरिएको हो । उक्त कार्यक्रममा सहभागी हुने दर्शकलाई ३० अमेरिकी डलर टिकट दर तोकिएको छ । टिकट क्यूआर कोडमार्फत तथा सम्पर्क नम्बरहरूबाट उपलब्ध हुनेछ।

Kumar Acharya

/ सम्बन्धित समाचार /