

फिल्म ‘रामायण’ले प्रदर्शनको आठ दिनमा १ हजार करोड भारतीय रुपैयाँ कमाइ गरेको छ। रणवीर कपुर, यश र साई पल्लवी अभिनीत यस फिल्मले नोभेम्बर १२ सम्ममा विश्व भरबाट १ हजार करोड कमाई गर्न सफल भएको हो । यससँगै ‘रामायण’ सबैभन्दा काम समयमा १ हजार करोड कमाउने तेस्रो भारतीय फिल्म बनेको छ।
ट्रेड रिपोर्टका अनुसार दीपावलीभन्दा तीन दिनअघि अर्थात् नोभेम्बर ५ मा प्रदर्शनमा आएको ‘रामायण’ले पहिलो दिन विश्वभर १२८ करोड रुपैयाँको व्यापार गरेको थियो। भारतमा दीपावली पर्वका कारण सुरुवाती दिनमा फिल्मको कमाइ केही काम रहे पनि दर्शकबाट प्राप्त सकारात्मक प्रतिक्रियाका कारण विदेशमा भने फिल्मले राम्रो व्यापार गरेको थियो।
प्रदर्शनको पहिलो चार दिनको सप्ताह अन्तमा फिल्मले ५०७ करोड रुपैयाँ कमाएको थियो। त्यसपछि सोमबार गोवर्धन पूजाको र मङ्गलवार भाइदुजको बिदामा लगातार दुई दिन १५०–१५० करोड रुपैयाँको कारोबार गरेको थियो।
















