The Cinemax Hub

पुस २४ गतेबाट हलमा ‘तिलस्मी’

Facebook
Twitter
WhatsApp

काठमाडौँ । तारा अधिकारीको निर्देशनमा बनेको फिल्म ‘तिलस्मी’ पुस २४ गतेबाट प्रदर्शनमा आउने भएको छ । फिल्मको फर्स्ट लुक पोस्टर सार्वजनिक गर्दै प्रदर्शन मिति पृथ्वी जयन्ती बारे जानकारी गराएका हुन् । पोस्टरमा फिल्मका तीन मुख्य कलाकार सुनिशा बजगाईँ, जाह्नवी बस्नेत र महेश खड्का देखिएका छन् । पोस्टरले  विवाहेत्तर सम्बन्धको कथामा फिल्म आधारित रहेको सङ्केत गर्छ । 

सुनौलो तारा मोसन पिक्चर्सको ब्यानरमा निर्माण भएको फिल्ममा सुनिशा जाह्नवी र महेशसहित आरजे सिंह, रश्मि भट्ट, भविष्य कार्की, सुभाष भण्डारीलगायतका कलाकारको पनि अभिनय छ । निर्देशक अधिकारी स्वयंको कथा तथा निर्माण रहेको फिल्ममा बाबुराम निरौलाको पटकथा तथा संवाद लेखन छ । फिल्मका गीतमा सुमन केसी र किरण कँडेलले सङ्गीत दिएका छन् ।

 फिल्ममा विनोद बलको छायाङ्कन, नहकुल खड्काको सम्पादन, अमित श्रेष्ठको ध्वनि संयोजन, पार्किष गिरी र अमित श्रेष्ठको पार्श्व सङ्गीत, राजीव समरको कोरियोग्राफी तथा राजेन्द्र मोक्तानको रङ्ग संयोजन छ । फिल्मको वितरण कृति इन्टरटेनमेन्ट र नेसनल सिने ग्रुपले संयुक्त रूपमा गर्नेछन् ।

Kumar Acharya

/ सम्बन्धित समाचार /