The Cinemax Hub

‘सारथी’ सबैले हेर्न पाउने

Facebook
Twitter
WhatsApp

मंसिर ११ गते अर्थात् यही शुक्रबारबाट देशव्यापी प्रदर्शनमो तयारीमा रहेको सिनेमा ‘सारथी’ ले केन्द्रीय जाँचपास समिति सेन्सर बोर्ड बाट युनिभर्सल सर्टिफिकेट पाएको छ । योसंगै सिनेमा सबै उमेर समूहका दर्शकले हेर्न पाउने भएका छन् । सेन्सर बोर्डका पदाधिकारीहरूले पनि पारिवारिक कथा समेटिएको सिनेमा उत्कृष्ट बनेको प्रतिक्रिया दिएको निर्देशक कुमार गजुरेलले बताए ।

सिनेमामा निरुता सिंह, उत्तम प्रधान, गायत्री जोशी र गिरी विश्वकर्मा मुख्य भूमिकामा छन् । सहायक भूमिकामा मुकुन्द श्रेष्ठ, राजेन्द्र केसी, सम्रान्त थापा, कल्पना थापा, मदन थापा, अनिता कुईकेल, कमला अर्याल, मिलन खड्का, रश्मी गुरुङ, तुलसी राई, आशा विश्वकर्मा, सन्तोष ढकाल, विप्लव खड्का, सागर कँडेल, सुदीप नेपाल, धिरेन कार्कीलगायत कलाकारले अभिनय गरेका छन् ।

किम्भे प्रोडक्सन र धीरज फिल्म इन्फिनिटीको ब्यानरमा निर्माण भएको सिनेमा संकल्प भुजेलले छायांकन गरेका हुन् । तारा थापा ‘किम्भे’ प्रस्तुतकर्ता रहेको सिनेमाका निर्माता रदिप श्रेष्ठ र प्रदीप रायमाझी हुन् । सिनेमाका कार्यकारी निर्मातामा बेक बहादुर विश्वकर्मा र नवीन श्रेष्ठ छन् ।

सिनेमामा अविनाश राई, द्वारिका श्रेष्ठ र ओमिसन थापा सह-निर्माता तथा अमिर केसी लाइन प्रोड्युसर हुन् । सिनेमा बाबुल गिरी र प्रशान्त शिवाकोटीको संगीत, राजु खतिवडाको मुख्य सहायक निर्देशन तथा यमुना आचार्य र आशिष श्रेष्ठ सहायक निर्देशनमा बनेको छ । सिनेमा आरआर फिल्म्सले वितरण गर्नेछ ।

Kumar Acharya

/ सम्बन्धित समाचार /